मध्यरातमा किन रोय धरानका मेयर ?
धरान | जेठ ३०, २०८०
धरान: मेयर हर्क साम्पाङले श्रमदान अभियान चलाएर कोकाहा खोलाको पानी ल्याउन सफल भएका छन् ।
मध्यराती १२ बजेर ३ मिनेटमा कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा झरेको हो । साबुन उद्योग निर्माणस्थलको केही उत्तरमा पर्ने पकुवा खोलामा वास आउट पोइन्ट राखिएको थियो ।
सोही स्थानमा मध्यराती करिब ४० किलोमिटर दुरी पार गरेर कोकाहाको पानी खसाल्न मेयर साम्पाङ सफल भएका हुन् ।
मेयर साम्पाङ दुई दिनदेखि फिल्डमै थिए । कोकाहाको पानी नल्याई घर नफर्कने वाचा गरेका उनले आइतबार पटनालीमा नै अगुवा श्रमदाताहरुसँग रात विताएका थिए भने हिजो (सोमबार) राती पनि पाइपमा एयर लिक गर्न खटिएका थिए । पकुवामा पानी मध्यराती १२ बजेर ३ मिनेटमा खस्दा मेयर साम्पाङ भने साढे १२ बजेतिर मात्र आइपुगेका थिए ।
पानी खसेको स्थानमा आइपुग्दा मेयर साम्पाङ निक्कै भावुक बने, र केहीबेर रोए । उनले सहयोगी दाता, श्रमदाताहरुलाई धन्यवाद दिदै असम्भव लाग्ने कामलाई सफल बनाएको प्रतिक्रिया दिए । यस्तै, उपमेयर अइन्द्रबिक्रम बेघाले पनि धरानले इतिहास रचेको प्रतिक्रिया दिए ।
धरानको वडा नं २० स्थित हात्तिसार भन्ने ठाउँबाट कोकाहाको पानीलाई पाइपमार्फत बराहक्षेत्र हुदै ल्याइएको हो । यो अभियानको लागि देशविदेशबाट ४ करोड बढी आर्थिक तथा पाइप, खाद्यान्न लगायत सहयोग भएको थियो ।
राजनीतिक दल, दलका नेताहरु एवं मेयर साम्पाङका आलोचकहरुले निरन्तर आलोचना गरिरहे पनि श्रमदान अभियानबाट नै कोकाहाको पानी ल्याउन मेयर साम्पाङ सफल भएका हुन् ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

